KB · Hymns · #40
अर्द्ध निशामा लिई सुसन्देश
D6/8
Chorus
अर्द्ध निशामा लिई सुसन्देश, दीन बनी आयौँ हामी तिम्रो द्वारमा
Verse
दुर्दशा यो सब देखि संसारको पापको भारले मानव मिचेको (२)
जुन्दगीको हाल सुधार्न भनी (२) ईश्वर पुत्र जगमा आए संकोच नमानी
Verse
ईश्वर र मानवबीचको पर्दा पापी मानवको पापले गर्दा (२)
तोड़ी मानवलाई लान ईश्वरकहाँ (२) आउनुभो’ महान् ईश्वर दुष्ट संसारमा
Verse
शहर येरूशलेम, गावैँ बेथलेहेम जन्मे गोठैमा बालक एक नरम (२)
ख्रीष्ट जीवनधार, येशू तारणहार (२) विश्वास ल्याई आउने जति हुन्छन् मृत्युपार