KB · Hymns · #114
कति अचम्मको प्यार
D3/4
Chorus
कति अचम्मको प्यार, ईश्वर सृजनाहार
स्वर्गको सुखलाई त्यागेर आए पापी बचाउन तयार (२)
Verse
नर रूप धारण गरेर उनले प्रचारे सुसमाचार (२)
पापीको पापको, दुःखीको दुःखको उठाए उनले भार (२)
आश्चर्यकर्म गरेर उनले देखाए महिमा अपार (२)
यी सबको बदली पाए उनले क्रूसैको गह्रौँ भार (२)
Verse
अन्तिम घड़ीमा गेतसमनीमा चेलागणसँग गए (२)
निरन्तर प्रार्थना गरेर उनले पसिना बगाए (२)
हुन सके यो कचौरा मदेखि हटाइ देऊ भनी (२)
तरै पनि तपाईंको इच्छा पूर्ण हवस् भने (२)
Verse
येशू पकड़ाई बरब्बा छुड़ाइयो, कहाँ थियो यो न्याय (२)
वैजनी वस्त्र लगाए उनलाई क्रूसमा चढ़ाउनलाई
लड़्दै गलगथा पुगे रोमीको मार खाई (२)
कष्टित पीड़ित प्रभुले आफ्नो प्राण दिइहाले, हाई (२)