KB · Hymns · #846
एक दिन मर्नै पर्छ न्यायमा पर्नै पर्छ
Cm2/4
Chorus
एक दिन मर्नै पर्छ, न्यायमा पर्नै पर्छ, मानिस जाति सबै
एक दिन मर्नै पर्छ हरेक मानिस सबै न्यायमा पर्नै पर्छ,
प्रत्येक आत्मा सबै, एक दिन मर्नै पर्छ ।
Verse
माटोको शरीर माटैमा मिल्छ, आत्मा ईश्वरकहाँ न्याय हुन जान्छ,
न्यायले पापी र धर्मीलाई छुट्याउँ छ ।
Verse
मुक्तिको सन्देश सुन्दैन जसले, येशूमा विश्वास गर्दैन जसले,
पापीको स्थान पाउँदछ उसले ।
Verse
पापीलाई दण्ड अग्निको शासना, पीडा वेदना, युगयुगको यातना,
दाह्रा किटाइ छ भयानक नरकमा ।
Verse
येशूमा विश्वास गर्ने जो व्यक्ति, ठहरिन्छन् धर्मी प्राप्त गर्छन् मुक्ति,
वास गर्छन स्वर्गमा युग युगका निम्ति ।
Verse
मुक्तिदान दिने येशूको नाम हो, धर्मी तुल्याउने उनमा विश्वास हो,
उपनाऊ हे मित्र, सरल उपाय यो ।