KB · Hymns · #73
भजौँ मीठो नाम प्रभु येशू नाम
G2/2
Chorus
भजौँ मीठो नाम, प्रभु येशू नाम,
प्यारो प्रभु येशूलाई, गरौँ आदर मान
भजौँ मीठो नाम
Verse
सारा भूलोक भरका पापीहरूलाई, येशू मात्र छन् शुद्ध गर्नलाई (२)
उनको मीठो वाणी सुन मन मगाई, चढ़ाउँदै हृदय भेटी उनलाई
(हा हा) (२) भजौँ मीठो नाम ।
Verse
येशू हाम्रो लागि संसारमा आए, हाम्रो आत्मालाई अति प्रेम गर (२)
क्रूसमा कोखाबाट रगत बगाए, धुनलाई हाम्रो पापी हृदय
(हा हा) (२) भजौँ मीठो नाम ।
Verse
नरकभन्दा ठूलो दण्ड केही छैन जहाँ सधैँ आगो, गन्धक निभ्दैन (२)
फर्कौं आज सबै चढ़ाऔँ ख्रीष्टलाई मन, रमाउँदै गरौँ उनको भजन
(हा हा) (२) भजौँ मीठो नाम ।