KB · Hymns · #507
हात फैलाई माया गरेर
C2/4
Chorus
हात फैलाई माया गरेर डाक्छन् हामीलाई
भन्छन् येशू राजा सुन सबै नानीलाई
Verse
जीवनको मुकुट तिम्रै हो, आऊ थाप्नलाई,
कोही नरोक साना बालकलाई (मकहाँ आउनलाई) (२)
नानी हामी साना छौँ, प्रभुका लागि प्यारा छौँ (२)
यो साना मनमा, सबै जीवनमा (२)
Verse
प्रभुको राज्य सधैँ होस्, उहाँको वास भइरहोस्
आकाशका धेरै ताराहरूझैँ मैदानका सबै फूलहरूझैँ (२)
नानी हामी धेरै-धेरै छौँ (२)
प्रभुको लागि प्यारा छौँ, उहाँकै भएर जिउनेछौँ (२)