KB · Children Songs · #42
सानो दियो, मेरो सानो दियो
F
सानो दियो, मेरो सानो दियो, येशूको नाउँमा चम्कन लाग्यो (२)
खराब-खराब कुराले नरकमा लानेछ, येशूको नाउँले म स्वर्गमा जानेछु (२)
येशूको नाउँमा छ पापको अन्त, उनैको नाउँमा छ आनन्दको जीवन (२)
सानो दियो, मेरो सानो दियो, येशूको नाउँमा चम्कन लाग्यो (२)
(प्यारो-प्यारो नाम छ यो, सबलाई सुनाउँछु,
आमा-बाबा, दिदी-भाइ सबलाई सुनाउँछु (२)
येशूको नाउँमा छ आनन्दको जीवन, उनैको नाउँमा छ सबलाई जीवन (२)
सानो दियो, मेरो सानो दियो, येशूको नाउँमा चम्कनलाग्यो (२)