KB · Choruses · #58
बालक हामी सबै नै परमेश्वरका सृष्टि हौँ
C4/4
Chorus
बालक हामी सबै नै परमेश्वरका सृष्टि हौँ
सानैदेखि प्रार्थना गर्ने हामी ख्रीष्टका भक्त हौँ
Verse
साना साना हात उचाली परमेश्वरको स्तुति गरौँ
सानो मन र चित्त खोली ख्रीष्टको उपसाना गरौँ ।
Verse
हामीलाई बुद्धि-ज्ञान परमेश्वरले दिनुभयो
हामीलाई जीवन-ज्योति येशू ख्रीष्टले दिनुभयो ।