KB · Hymns · #847
बताउन मन रमाउँछ रहस्य स्वर्गको
G4/4
- Themes
- Translated Song
Verse
बताउन मन रमाउँछ, रहस्य स्वर्गको
ख्रीष्ट येशूको महिमा, अनि प्रेम प्रभु ख्रीष्टको
बताउन मन रमाउँछ, निश्चय यो सत्य छ
जसै नमेट्ने तृष्णा, यसैले मेट्दछ ।
Chorus
बताउन मन रमाउँछ, यो गीत अनंन्त मेरो
पुरानो त्यो कहानी, येशू र प्रेम उनको ।
Verse
बताउन मन रमाउँछ, कहानी उदेकको
सुनौला सपना भन्दा, अनमोल अचम्मको
बताउन मन रमाउँछ, मुक्ति पाएँ कस्तो
यसैले तिमीलाई म, सुनाउँछु गीत यसको ।
Verse
बताउन मन रमाउँछ, कहानी घरिघरि
झन् झन् मीठो लाग्दैछ, दोहोर्याउँदा पनि
बताउन मन रमाउँछ, अनजानमा छन् कति
नरकमा जाँदैछन् ती, नपाएर मुक्ति ।
Verse
बताउन मन रमाउँछ, विश्वासीलाई पनि
जो अरू जस्तै सुन्न, तिर्सना गर्छन् सधैं
अनि स्वर्गमा जब, गाउँछौं एक नयाँ गीत
त्यो हुनेछ यो मेरो, पुरानो कहानी ।