KB · Hymns · #128
आजको दिन खुशी मनाऔँ सबैले
G2/2
Verse
आजको दिन खुशी मनाऔँ सबैले
हाम्रो प्रभु मुक्तिदाता फेरि जिइउठे (२)
आजको दिन भरियोस् खुशीले संसार (२)
हाम्रो प्रभु मुक्तिदाता फेरि जिइउठे (२)
Verse
क्रूसमा हाम्रोलागि दिए ख्रीष्टले प्राण
आफ्नो रगतको बाटोले किने हाम्रो प्राण (२)
ख्रीष्टलाई धन्यवाद चढ़ाऔँ मनले जयजय गाऔँ (२)
आफ्ना रगतको बाटोले किने हाम्रो प्राण (२)
Verse
जान्नुपर्छ मनमा हामी सबैले
हामी पनि बौरी उठ्छौँ अन्तको दिनमा (२)
उहिले प्रभु येशू छन्, सदा रहन्छन् (२)
हामी पनि बौरी उठ्छौँ, अन्तको दिनमा (२)
Verse
हामी पापीलाई उनले दिए सुख,
धन्य ईश्वरका पुत्र स्वर्गको राजालाई (२)
प्रभु आउँछन् एक दिन तयार बस सदा (२)
धन्य ईश्वरका पुत्र स्वर्गको राजालाई (२)