KB · Hymns · #48
उदायो तारा आज नील गगनको माझ
F6/8
Chorus
उदायो तारा आज, नील गगनको माझ
यो अन्धेरी रातलाई, उज्यालो बनाइदियो
Verse
गाईको गोठमा पस्रेको प्रभु पापी जन सबको उद्धार गर्न
जन्मे आज, जन्मे प्रभु जगमा उहाँ एकलो डुँड़ैमा (२)
Verse
आनन्द मनाऔँ यो शुभ-रातमा, सुसन्देश सुनाऔँ सारा जगत्मा,
जन्मे आज जन्मे प्रभु जगमा, ज्योतिका हाम्रा राजा (२)