KB · Hymns · #443
मलाई आनन्द छ कि पिता ईश्वर
F6/8
Verse
मलाई आनन्द छ कि पिता ईश्वर
मलाई देखाउँदछन् उहाँको प्यार
बाइबलको मीठो नै कथाको सार,
यो हो कि येशूले गर्दछन् प्यार ।
Chorus
धन्य कि मलाई गर्दछन् प्यार,
गर्दछन् प्यार, गर्दछन् प्यार,
धन्य कि मलाई गर्दछन् प्यार,
गर्दछन् प्यार मलाई
Verse
यदि म टाढ़ो जाऊँ छोड़ी उनलाई,
तैपनि ख्रीष्टले प्रेम गर्छन् मलाई
बाइबलको सबभन्दा मीठो कथा
यो हो कि येशू प्रेम गर्छन् सदा ।
Verse
स्वर्गमा जब राजालाई देख्दछु,
उनैको स्तुतिको गीत गाउनेछु
यसैको निम्ति म नित्य गाउँला,
येशूले मलाई प्रेम गर्छन् सदा ।
Verse
म उनलाई गर्छु, मलाई गर्छन् प्यार,
प्रेमले उनी भए सत्य अवतार
क्रूसमा चढ़ी गरे मेरो उद्धार,
निश्चय ख्रीष्ट गर्द्छन् उदेकको प्यार ।