KB · Hymns · #362
येशूको पछि हिँड़नेछु
G4/4
Verse
येशूको पछि हिँड़नेछु बरु दुःखको बाटो होस्
भञ्ज्याङ-पहाड़ र मैदानमा मलाई जानुपरोस्
खुशी मनले म हिँड़्नेछु जहाँ उनी जानेछन्
जान्दछु कि यही बाटो जानेछ यरूशलेम ।
Verse
यसकारण म सोध्ने छैन, प्रभुले कहाँ लानेछन्
म डराउनेछैन कहिल्यै, येशू बाटो देखाउँछन्
हुकुम मान्दै उनको पछि हिँड़्नेछु नम्रताले
कारण उनको सिद्ध इच्छा जाती छ मेरालागि ।
Verse
दुनियाँले मलाई भुल्याए मेटिनेवाला चीजैले
अनि पापमा फसाए सधैँ दु:ख दिएर
गर्नुहोस् निर्बन्ध मलाई आत्मा, प्राण र जीवनमा
उनको सेवा गर्नलाई बस्न उनकै इच्छामा ।
Verse
लिनुहोस् मेरो इच्छा आफ्नो इच्छामा राख
जब दौड़मा म थाक्नेछु मेरो साहसलाई बढाउनोस्
जीवनभरि तपाईं पछि हिँड़्नेछु सच्चाइँले
तब खुशी हुन्छु महिमा तपाईंको सङ्गतिले ।