KB · Hymns · #653
येशू निश्चय आउनेछन्
F4/4
Chorus
येशू निश्चय आउनेछन् विश्वासी उठाइनेछन् (बादलमा) (२)
चाँड़ै आउनेछन्
Verse
देख्नेछन् सबैले स्वर्गमा, सवारी भई आउने राजालाई (२)
स्वर्गदूतको साथमा तुरहीको आवाजमा (२),
लिन आफ्नो प्रेमी दुलहीलाई ।
Verse
पहिरिनु छ वस्त्र धार्मिकताको पवित्रताले सुशोभित भएर (२)
तन, मन, धन सब लगाई, धर्मकर्मको पथमा (२),
बहुमूल्य भेटी आत्माहरूको ।