KB · Hymns · #518
नजिक झन् नजिक हुन्छु प्रभु
D4/4Translated
Verse
नजिक झन् नजिक हुन्छु प्रभु,
खिच्नुहोस् मलाई हे प्रिय येशू
राख्नोस् हे राख्नोस् छाती सँगै
(लुकाउनोस् यो विश्रामस्थानमा सधैं) (२)
Verse
नजिक झन् नजिक के दिनु म,
येशू राजालाई दान छैन दिन
केवल यो पापी चूर्ण हृदय,
(धुनुहोस् मलाई क्रूसको रगतमै) (२)
Verse
नजिक झन् नजिक हुन प्रभु,
पाप र मूर्खताबाट फर्कन्छु
पापका मोजमज्जा सब त्याग्दछु,
(दिनोस् मलाई केवल थुमा येशू) (२)
Verse
नजिक झन् नजिक सास रहुञ्जेल,
सकुशल स्वर्गमा नपुगुञ्जेल
अनन्त अनन्त युगयुगसम्म,
(झन् नजिक प्रभु झन् नजिक तब) (२)