KB · Hymns · #342
ईश्वरको छेवैमा जाँदैछु म
G6/8Translated
Verse
ईश्वरको छेवैमा जाँदैछु म
परे पनि दुःखमा लगिन्छु म
स्तुति गाउँदै जय भन्छु, ईश्वरको छेवैमा
ईश्वरको छेवैमा जाँदैछु म
Verse
परदेशी जस्तै छु, घाम डुब्दै छ,
वास-गढ़ म खोज्दै छु रात पर्दैछ
निद्रामा म हुन्छु ईश्वरको छेवैमा
ईश्वरको छेवैमा जाँदैछु म
Verse
स्वर्गलोकको बाटो दिनछन् मलाई
सब थोक दिन्छन् मलाई वहाँ आशिष् पाई
दूत भन्दा श्रेष्ठ हुन्छु, ईश्वरको छेवैमा
ईश्वरको छेवैमा जाँदैछु म
Verse
दुःख-शोकलाई त्यागेर, शान्त भएर
चम्कँदै रहन्छु वहाँ गएर
शोक हुँदैन साथमा ईश्वरको छेवैमा
ईश्वरको छेवैमा जाँदैछु म
Verse
आनन्दको पखेटा जब लिन्छु म
संसारको शोक चिन्ता बिर्सन्छु म
स्तुति गाउँदै जय भन्छु, ईश्वरको छेवैमा
ईश्वरको छेवैमा जाँदैछु म