KB · Hymns · #397
येशू कस्तो प्यारो मित्र
F4/4
Verse
येशू कस्तो प्यारो मित्र पापको भार उठाउनुभो’
दुःख-सुख ईश्वरकहाँ ल्याउनु हामीलाई वरदान कत्रो ?
कति शान्ति-सुख गुमाउँछौ, कति दुःख छ व्यर्थैमा ?
कारण ईश्वरकहाँ हामी सब ल्याउँदैनौँ प्रार्थनामा ।
Verse
चारैतिरबाट आउँछ संकट, क्लेश र परीक्षा
लौ, हरेस खानुपर्दैन ख्रीष्टलाई भनौँ प्रार्थनामा,
हाम्रो सबै दुःखका भागी, यस्तो मित्र कहाँ पाऔला ?
हर कमजोरी येशू बुझ्छन्, ख्रीष्टलाई भनौँ प्रार्थनामा ।
Verse
हामी छौँ कि निर्बल, दुःखित, चिन्ता, बोझले लादिएका ?
हाम्रो आश्रय खालि येशू ख्रीष्टलाई भनौँ प्रार्थनामा,
साथीले के गर्छन् हेला ? ख्रीष्टलाई भनौँ प्रार्थनामा
उनले रक्षा गर्छन् हाम्रो, उनमा पाउँछौँ सान्त्वना ।