प्रभुतिर आँखा उचालौँ
C2/2
Chorus
प्रभुतिर आँखा उचालौँ, येशूतिर आँखा उचालौँ
जहाँ छ प्रेम, खुशी, आनन्द आशाहरूको सम्पूर्णता (२)
Verse
व्यतीत दिनको याद नगरौँ, पाप अधर्म अनेकौँ (२)
भूल देखाउने, भूल सुधार गर्ने दयालु सागर येशू ।
Verse
भविष्य के हो, कहाँ म हुन्छु पीर मनमा नलिनु (२)
परीक्षा, दुःख, भार उठाउने येशू मसीह हुन् सहारा ।
Verse
चारैतिर अन्धकारले छायो, दुःख, लड़ाइँ अनेकौँ (२)
भयभीत हुन्छु, कहाँ म जाऊँ, दयालु सागर येशू ।
Verse
भरोसा जगत्मा कहीँ पनि छैन, व्यर्थ सारा व्यर्थ (२)
तपाईंको चरण, साँचो शरण, दयालु सागर येशू ।