KB · Hymns · #191
जब पहिला विवाह भयो
D4/4Translated
Verse
जब पहिला विवाह भयो आदम र हव्वाको,
ईश्वर हाजिर हुनु भो’ विवाह आशिषित् भो’ ।
Verse
आजको यो विवाहमा ईश्वर उपस्थित छन्,
बेहुला र बेहुली दुइलाई आशीर्वाद दिनेछन् ।
Verse
हे परमेश्वर, यो बेहुली दिँदैछौँ बेहुलालाई,
जसरी अघि हव्वा दिनुभो’ आदमलाई ।
Verse
प्रभु, यी दुईको हृदय जोड़ी एक बनाउनुहोस्
दुःख, सुखमा प्रभु येशू, कैले नछोड़्नुहोस् ।
Verse
अँ, हे पवित्र आत्मा, उत्रेर आउनुहोस्
यी दुईमा सधैँ मेल होस् प्रेमको आशिष् बर्सोस् ।
Verse
खराबीदेखि बाँच्नलाई सहायता दिनुहोस्,
जब दुईले संसार छोड़्छन् स्वर्गमा ठाउँ दिनुहोस् ।