KB · Hymns · #126
म जिउँदो मुक्तिदाताको सेवा गर्दछु
G6/8
Verse
म जिउँदो मुक्तिदाताको सेवा गर्दछु
येशू संसारमा छन् भनेर जान्दछु
म देख्छु उनको दया म सुन्छु उनको स्वर
र साथमा बस्ने येशू गर्छन् गोहार ।
Chorus
जिउँदो, जिउँदो छन्, येशू ख्रीष्ट जीउँदो
होस् अगुवाइ दिन्छन् मलाई र सङ्गति मीठो
जिउँदो, जिउँदो उतार्न पापदेखि
म कसरी निश्चय जान्दछु मनमै जिउँछन् उनी
Verse
म चारैतिर हेरी प्यार उनको देख्दछु
दुःख परे पनि आशा म गर्छु
यस लोकको आँधी सागरमा हुन्छन् अगुवा
आउनेछन् फेरि येशू ख्रीष्ट अन्त्यमा ।
Verse
रमाऊ-रमाऊ विश्वासी गीतमा गरी प्रचार
ख्रीष्ट महाराजालाई होस् अनन्त जयजयकार
हर खोज्ने जनको लक्ष भेट्टाउने जनको आड़
ख्रीष्ट मात्र गर्छन भलो उद्धार र प्यार ।