KB · Hymns · #824
मान्छेलाई होइन येशूलाई हेर
C4/4
Chorus
मान्छेलाई होइन येशूलाई हेर, मृत्यु नपर्ख मुकुटलाई हेर
झिना मसिना कुरामा नअल्झ, ख्रीष्टको महिमा गर्न नछोड ।
Verse
(जे तिमी देख्छौ त्यो तिम्रो होइन, तिम्रो आफ्नो जीवन तिम्रै वशमा छैन) (२)
भक्ति गरिदेऊ सेखी नगर, (मृत्यु नपर्ख मुकुटलाई हेर) (२)
Verse
तिमीले सुनेको झुटो हुन सक्छ, तिम्रो बोली अरूलाई छुरा बन्न सक्छ (२)
छोटो यो जीवन बाँच र शृंगार, (मृत्यु नपर्ख, मुकुटलाई हेर) (२)