KB · Hymns · #813
येशूले मलाई उठाउनु भो
C3/4
Verse
येशूले मलाई उठाउनु भो गहिरो गहिरोदेखि (२)
पापको गहिरो त्यो दलदलदेखि
येशूले मलाइ उठाउनु भो गहिरो गहिरोदेखि
Verse
[महिमित चट्टानमा बसेर उनको स्तुतिको गीत यो गाउँदैछु म (२)
उचालिनुहोस् मेरो हृदयदेखि सृष्टिले पूजून् तपाईंलाई सदा (२)
येशूले मलाई उठाउनु भो गहिरो गहिरोदेखि
पापको गहिरो त्यो दलदलदेखि
येशूले मलाई उठाउनु भो गहिरो गहिरोदेखि] २
Verse
पापको भार उठाएर तिम्रो मेरो नै निम्ति सबै सहेर (२)
अनमोल त्यो रगत बहाएर, गहिरो गहिरोदेखि
पापको गहिरो त्यो दलदलदेखि
येशूले मलाई उठाउनु भो गहिरो गहिरोदेखि ।