प्रभु येशूको सुसन्देश सुनिलेऊ आज नै सबैले
Gm2/2
Chorus
प्रभु येशूको सुसन्देश सुनिलेऊ आज नै सबैले,
जीवन यहाँ छोटो छ है, विचार सबैले येशू नै स्वर्गको बाटो हो ।
येशू नै संसारको ज्योति हुन्, पापीको पापलाई क्षमा गर्ने,
येशू नै साँचो प्रभु हुन्, प्रभु हुन् ।
Verse
येशूमा आउ सबै जना मुक्ति उद्धार पाउनलाई
नगर अबेर कसैले पनि स्वर्गीय शान्ति पाउनलाई,
घाम छाया जस्तै जीवन हाम्रो मरेर लानु के छ र ? (२)
Verse
हाम्रो पापको निम्ति येशू क्रूसैमा मर्नुभो’ सत्य बाटो देखाउनलाई
फर्केर आउ आजै ख्रीष्टमा अनन्त जीवन पाउनलाई
येशू विनाको जीवनमा बाँच्नुको मूल्य के छ र ? (२)