प्रभुको स्तुति गरौँ हामीले
G4/4
Chorus
प्रभुको स्तुति गरौँ हामीले, प्रभुको स्तुति गरौँ
Verse
प्रभुको बढ़ाइ सधैँ होइरहोस्, उनको स्तुति गरौँ,
उनको स्तुति गरौँ हल्लेलूयाह, उनको स्तुति गरौं ।
Verse
प्रभुको घरमा भजन होइरहोस्, उनको स्तुति बढ़ाइ
उनको स्तुति बढ़ाइ, हल्लेलूयाह, उनको स्तुति बढ़ाइ ।
Verse
सबै काममा कत्ति शक्तिमान् उनको शक्ति बताऊ
उनको शक्ति बताऊ, हल्लेलूयाह, उनको शक्ति बताऊ ।
Verse
जयको जोड़मा फुक तुरही, वीणा, सारङ्गी बजाऊ
वीणा, सारङ्गी बजाऊ, हल्लेलूयाह, वीणा, सारङ्गी बजाऊ ।
Verse
सितार बजाई रागिनी छेड़, डफ र तबला बजाऊ
डफ र तबला बजाऊ, हल्लेलूयाह, डफ र तबला बजाऊ ।
Verse
मुरली, सनई राम्रो बजाऊ, छिङछिङ झ्याली बजाऊ
छिङछिङ झ्याली बजाऊ, हल्लेलूयाह, छिङछिङ झ्याली बजाऊ ।
Verse
सबै मिली ताली बजाऊ, प्रभुको स्तुति गरौँ
प्रभुको स्तुति गरौँ, हल्लेलूयाह, प्रभुको स्तुति गरौँ ।