KB · Hymns · #785
हामी ख्रीष्टका प्यारा सन्तान हौं
D3/4
Chorus
हामी ख्रीष्टका प्यारा सन्तान हौं भने उनकै इच्छामा हिँडिरहौं
हेरी निसाना येशूलाई (२) जीवनको यात्रा पूरा गरौं ।
Verse
सुन्दर, पवित्र जीवन बिताउन ख्रीष्टको चरणमा परिरहौं,
प्रेमले विवश भई प्यारा प्रभुको स्वर्गीय इच्छालाई पूरा गरौं ।
Verse
जीवनको अन्तिम घडीसम्म सुसमाचारलाई प्रचार गरौं,
आत्मा सच्चाइले महान प्रभुको तन, मन, धनले सेवा गरौं ।
Verse
खेलाडी, जिउँछ संयमी बनी ओइलिने मुकुट भेट्टाउनलाई,
संयमले दौडी धीरता राख्दै पाउनु नै पर्छ अजर मुकुटलाई ।
Verse
अल्झाउने पाप र रोक्ने कुरालाई पन्साउँदै हामी अघि बढौं,
सांसारिक लाभलाई घैमल ठान्दै इनाम पाउनलाई निशाना ताकौं ।