KB · Hymns · #386
एक बारको जुनी यो लानु त के छ र मरेर जाने हो
D4/4
Chorus
एक बारको जुनी यो, लानु त के छ र
मरेर जाने हो
जीवन यहाँ यो अमर छैन नै
माटोमा मिल्ने हो (२)
Verse
मृत्युपछि तर जीवन अर्को छ विश्वासी सबैलाई
विश्वास गरौँ न (स्वर्गीय पितालाई) (२)
Verse
क्रूसको निर्दयी मृत्युलाई सहनु प्रभु नै आउनुभो’
उनैले हाम्रो पाप (उठाइ लानुभो’) (२)
Verse
ज-जसले उनमाथि विश्वास गर्नेछ नाश हुने छैन नै
पाउनेछन् तिनैले (अनन्त जीवन) (२)