KB · Hymns · #436
हामीले सुनेका छौँ
G3/4
Verse
हामीले सुनेका छौँ, येशूले बचाउँदछन्
अरूलाई जनाएका छौँ, येशूले बचाउँदछन्,
सबै देशमा होस् प्रचार, ख्रीष्टले दिएको उद्धार
प्रभुको सुसमाचार, येशूले बचाउँदछन् ।
Verse
पापीलाई सुनाइयोस्, येशूले बचाउँदछन्
दुखीलाई जनाइयोस्, येशूले बचाउँदछन्,
पृथ्वीमा होस् विश्वास, नष्ट हवस् सब उदास
सबका मनमा यस्तै होस्, येशूले बचाउँदछन् ।
Verse
आफ्नो जीवन-मृत्युले, येशूले बचाउँदछन्
स्तुति गर यस गीतले, येशूले बचाउँदछन्,
गाऊ दुःख सहँदा, गाऊ पश्चात्ताप गर्दा
गाऊ जीवन छोड़्दा, येशूले बचाउँदछन् ।
Verse
सबैलाई यो आह्वान छ, येशूले बचाउँदछन्
सबैलाई रमाहट छ, येशूले बचाउँदछन्
हवस् दुष्टको पूरो क्षय, हवस् ख्रीष्टको पूरो जय
गाऊ सधैँ बहिनी-भाइ येशूले बचाउँदछन् ।