KB · Hymns · #801
सहारा बिनाको यो जीवनले
E3/4
Chorus
सहारा बिनाको यो जीवनले ख्रीष्टमा आज सहारा पाएँ
हराइ सकेको यो जीवनले जिउने आशा फेरि पाएँ ।
Verse
पापमा मैले विताएको जीवनले तिम्रो हृदयलाई टुक्राएथें,
संसारमा व्यतीत जीवनले तिमीदेखि टाढो भई सकेको थिएँ ।
Verse
दुःख र पिरले सताएको बेलामा तिम्रो सहारा मैले पाएँ
बेचैनले भरिएको जीवनमा अवर्णनीय, अनन्त शान्ति पाएँ ।
Verse
समर्पित यो मेरो क्षणिक जीवनले ख्रीष्टको प्रशंसा गाइरहेछ
आनन्दले भरिएको जीवनले ख्रीष्टको नामको जयजयकार गरिरहनेछ ।