प्रभु साना नानी भई
C4/4
Verse
प्रभु, साना नानी भई स्तुति गर्न आएका छौँ
तपाईं धर्मी हुनुहुन्छ मान र आदर दिँदछौँ,
ख्रीष्टको प्रेम र स्वर्गको कुरो हाम्रो मनमा भर्नुहोस्
ख्रीष्टलाई खुश नपार्ने कार्य गर्नदेखि थाम्नुहोस् ।
Verse
किनभने प्रभु ख्रीष्टले हामीलाई नित्य हेर्छन्
जति गर्छौं काम र विचार उनले स्वर्गमा लेख्दैछन्,
हाम्रा पाप माफ दिनुहवस्, हामीलाई बचाउनुहोस्
स्वर्गैमा राम्रो गीत गाउन हामीलाई पुर्याउनुहोस् ।