KB · Hymns · #606
त्यो मानिस धन्य हो
C2/4
Chorus
त्यो मानिस धन्य हो (४)
Verse
जो दुष्टहरूको युक्तिमा चल्दैन
जो पापीहरूको मार्गमा हिँड़्दैन
जो गिल्ला गर्नेको साथमा बस्दैन ।
Verse
जो परमप्रभुको वचनमा रहन्छ
जो वचनमै प्रशन्न बनिरहन्छ
जो त्यसैमा दिनरात ध्यान दिइरहन्छ ।
Verse
जो खोलाको धार छेउको बोट जस्तै हुन्छ
जो सदाबहार र फलवान् हुन्छ
जो जे गर्छ त्यसमा सफल नै बन्दछ ।