KB · Hymns · #343
सिकाउनुहोस् सङ्गत गर्न तपाईंको
C3/4
Verse
सिकाउनुहोस् सङ्गत गर्न तपाईंको दिन-दिनै हे मेरो नाथ
गराउनुहोस् शान्त हलचल हृदयको याद गर्न तपाईंको साथ
बोल्नुहोस् तब म तयार हुन्छु (२) सुन्न त्यो मृटु आवाज
गर्नुहोस् गोहार मसीही जीवन विताउन विनालाज (२)
Verse
चाहन्छु प्रभु, हिँड़्न बाटोमा तपाईंको दिन प्रतिदिन
स्वार्थकै कारण याद मलाई हुन्छु छु अति शक्तिहीन
सिकाउनुहोस्, प्रभु, गर्नु है सेवा (२) न बनी अपस्वार्थी
बढ़ाइ होस् आज प्रभु येशूको, बनूँ म निस्वार्थ (२)
Verse
निश्चयता, प्रभु, आज मलाई छ भएको छु मृत्यु पार
पवित्र आत्मा र प्रतिज्ञाका भएँ म भागीदार
ल्याउनुहोस्, प्रभु, तोड़ी देह मेरो (२) तपाईंको सिद्धता
केवल प्रकाश होस् ज्योति तपाईंको मेरो यस जीवनमा (२)