KB · Hymns · #314
विश्वासयोग्य मेरो प्रभु
D3/4
Chorus
विश्वासयोग्य मेरो प्रभु (म तिम्रो स्तुति गाउनेछु) (२)
Verse
अनुग्रहमा मलाई डाक्यौ, मलाई सदा सम्हाल्दछौ (२)
यसर्थ म तिमीलाई भज्छु, तिम्रो प्रशंसा गाउनेछु ।
Verse
तिम्रो प्रेमदेखि हे प्रभु, म बारम्बार दूर भएँ (२)
तर म तिमीकहाँ आउँदा मलाई तत्काल क्षमा गर्यौ ।
Verse
पापमा आफूलाई नाश पाउँदा, मलाई हात दिई उठाएथ्यौ (२)
शत्रुका जालझेलदेखि मलाई जयवन्त जीवन दियौ ।
Verse
मेरा शरणस्थान तिमी, तिमी नै दृढ़ किल्ला हौ (२)
तिमी यसका चारैपट्टि सदैव रक्षक भइरहन्छौ ।
Verse
तिमी नै साँचो साक्षी हौ, विश्वासयोग्य प्रभु हौ (२)
मेरो प्रभु अनादिका म तिम्रो स्तुति गाउँदछु ।