KB · Hymns · #163
हजारौँ जिब्रा भए हुन्थ्यो
G3/4
Verse
हजारौँ जिब्रा भए हुन्थ्यो भज्नु ख्रीष्ट तारणहार
जो राजा, ईश्वर हुन् मेरो, होस् उनको जयजयकार ।
Verse
हे प्रभु ईश्वर दयालु, सघाउनुहोस् मलाई,
पृथ्वीभरि गरूँ भनी येशू नामको बढ़ाइ ।
Verse
येशू नामले हटाउँछ डर, मेटाईदिन्छ दुःख,
सुनिन्छ पापीलाई मीठो हो जीवन, शान्ति सुख ।
Verse
छुटकारा दिई कैदीलाई पाप-शक्ति तोड़्दछन्
उनको रगतले शुद्ध भएँ म जस्तो घृणित जन ।
Verse
येशूको वाणी सुनेर नव जीवन पाउँछ लाश
रमाउँछन दुःखित चूर्ण मन, दीन गर्दछन् विश्वास ।