KB · Hymns · #182
फेरि हे प्रभु स्तुति गाउँदछौँ
G4/4Translated
Verse
फेरि हे प्रभु स्तुति गाउँदछौँ,
एक मनका भई बिन्ती गर्दछौँ
तपाईंका दया हामी गर्छौं याद
र घुँड़ा टेकी माग्छौँ आशीर्वाद ।
Verse
घर जाँदाखेरि मिलाप दिनुहोस्,
यस दिनको अन्तसम्म आशिष् होस्
ओठदेखि पाप र हृदयदेखि लाज
टाढ़ो गराउनोस् जो सेवा गरे आज ।
Verse
यस आउँदो रातमा दिनू मेल र
सुख जसबाट हामीमा नहवस् दुःख
र नोक्सानदेखि हामीलाई निकाल्नोस्,
हेर्चाह गर्ने हो तपाईंको हाल ।
Verse
सांसारिक जीवनभरि हामीलाई रक्षा
गराउनुहोस् जब छ लड़ाइँ
जय दिनोस् प्रभु अनि मेल सधैँ
मिलापको राजा सर्वदै तपाईं ।