KB · Hymns · #257
सुधार प्रभु हाम्रो यो चित्तलाई
C2/4
Chorus
सुधार प्रभु, हाम्रो यो चित्तलाई,
ख्रीष्ट ईश्वरको प्रेमले पहिर्याई, सुधार प्रभु
Verse
पापी जन सबको खूब ताड़ना गरी,
पाप श्राप सबको जड़ नष्ट पारी,
दुष्ट्याइँ सबलाई ती प्रेमले खारी लैजाऊ प्रभु,
यो भवसागर तारी ।
Verse
भक्तिविहिनलाई, आशारहितलाई,
शक्ति देऊ प्रभु, दृढ़ विश्वास गर्ने,
धर्मविहीन त्यो अल्प ज्ञानको,
तिमी छौ प्रभु, संकट हर्ने ।
Verse
हे प्रभु येशू, सब दुःख हर्ने,
दुःखी जनको मंगल मूलकारी,
हृदय कुटिलको प्रेमले सपारी लैजाऊ प्रभु,
यो भवसागर तारी ।