KB · Hymns · #406
हिम्मत गर अघि बढ़
D2/2
Chorus
हिम्मत गर अघि बढ़, क्रूसलाई लेऊ निशान
जित्नेछौँ, प्यारो मित्र, हार्नेछ शैतान (२)
Verse
लड़ौँ लड़ौँ, चाँड़ै गरौँ येशू छन् कप्तान (२)
हिम्मत गरौँ, आशा राखौँ, भाग्नेछ शैतान (२)
Verse
पाप र दुःखमा चारैतिर मर्दैछन् सब जन (२)
दया गर मानिस जातमा परेको छ हैरान (२)
Verse
घर-घर गई सुनाऊ, सबलाऊ येशूको बखान (२)
येशू राजा मुक्तिदाता, उनमा दया छ (२)
Verse
चाँड़ै गरौँ, सुनाऔँ सबलाई येशूको वचन (२)
विश्वास गरी आउने प्राणी उनमा बाँच्नेछन् (२)