KB · Hymns · #3
ईश्वर महाराजलाई गर
G3/4Translated
Verse
ईश्वर महाराजलाई गर प्रणाम्, अँ मान उनका गुण, सामर्थ र प्रेम
जो हाम्रा छन् ढाल र रक्षक सधैँ, जो बस्छन् प्रतापमा पहिरन स्तुतकालाई
Verse
प्रताप आनि तेज त गर प्रकाश, हो वस्त्र उज्यालो, डेरा आकाश
हुन् रथ उनका गर्जनका बादल हजार, बतासका पखेटामा हुन्छन् सवार
Verse
भूलोक अनि त्यसका उदेकका धन बसाल्नुभो’ तपाईंले, सर्वशक्तिमान्
स्थिर आज्ञाले गर्नुभो’ दरिलो त्यसलाई र घेर्नुभो’ समुद्रले खास्टाले झैँ
Verse
तपाईंको निधोले राखी विश्वास सब खाँचोअनुसारको भेट्छ निकास
तपाईंको अनुग्रह अपार छ, सब रीत हे कर्ता, हे रक्षक, हे त्राता, हे मीत