KB · Hymns · #132
लौ येशू आउँछन् बादलमा ओर्ली
G4/4Translated
Verse
लौ येशू आउँछन् बादलमा ओर्ली, त्यागे त्राणको लागि प्राण
बाटोमा उनका लाखौँ विश्वासी मिली गर्छन् स्तुति, मान
गाऊ हल्लेलूयाह (३) जगमा आई राज्य गर्लान् ।
Verse
आँखाले हरेक हेर्नेछ ख्रीष्टलाई, स्वर्गीय गद्दी बसेको
जस-जसले उनलाई थुके गिज्याई, क्रूसमा हात पाउ छेड़्ने जो
गर्लान् बिलौना (३) देख्दा मसीहलाई साँचो ।
Verse
आमिन् सनातन स्वर्गीय त्राता जय, तपाईंको सदा होस्
पराक्रम महिमा लिई मुक्तिदाता जगमा राज्य गर्नुहोस्
छिट्टो आउनोस् (३) हल्लेलूयाह, यस्तै होस् ।