KB · Hymns · #433
बादलको पारिपट्टि घामको देशमा
C6/8
Chorus
बादलको पारिपट्टि घामको देशमा
मेरो प्रभु राज्य गर्छन् शान्तिको भेषमा
हत्केलामा दाग छ है काँटी-काँटीको
कोखिलामा माया बोकी मानवजातिको (२)
Verse
कैदी जस्तो मान्छेलाई प्रभुले नै प्यार गरे (२)
अन्धोजस्तो मान्छेलाई अङ्गालोमा साथ लिए ।
आफ्नै प्राणले सबैको पापको मोल तिरे
अन्धकारको माझमा नयाँ ज्योति पठाए ।
Verse
दुर्बलका मुटुमा शक्ति दिन्छन् प्रभुले (२)
हताश भएको आत्मालाई, जोश दिन्छन् प्रभुले
खोज्छन् जसले प्रभुलाई चूर्ण हृदयले
मुक्तिदाता राजालाई भेट्छन् छिट्टै तिनैले ।