KB · Hymns · #274
फूलै राम्रा फुल्दछन्
D2/2
Verse
फूलै राम्रा फुल्दछन्, ईश्वरलाई देखाउँदछन्
हाम्रो जीवन त्यस्तै छ, स्वर्गीय प्रेम देखाउँदछ ।
Verse
राती जून र तारा छन्, घाम दिउँसो चम्कँदछ
हाम्रो जीवन त्यस्तै छ, स्वर्गे ज्योतिले घेर्दछ ।
Verse
सबै मानिस पापी छन्, मुक्ति ख्रीष्टले दिएछन्
स्वर्गलोकमा सुख-चैन छ, मुक्ति पाउने तर्दछन् ।
Verse
प्रेम ईश्वरले गरेछन्, येशू पुत्र दिएछन्
उनमा विश्वास गर्ने जन, पापी सब बचाइन्छन्