KB · Hymns · #739
ख्रीष्टलाई प्रेम गर्ने आत्माहरूहो
Chorus
ख्रीष्टलाई प्रेम गर्ने आत्माहरूहो ! उनको प्रेमलाई बुझिदेऊ,
केवल खोक्रो माया होइन, हृदयले नै गरिदेऊ
ख्रीष्टलाई प्रेम गर्ने ... ।
Verse
केवल स्वार्थी माया होइन, सत्य प्रेम चाहिन्छ (२)
धन, प्रिय जन, आफूलाई भन्दा बेसी प्रेम दिनुछ (२)
ख्रीष्टलाई प्रेम गर्ने मान्छेहरूहो ! उनको प्रेमलाई बुझिदेऊ,
केवल आडम्बर मात्र होइन, साँचो प्रेम नै गरिदेऊ ।
Verse
केवल फोस्रो जीवन होइन, भरिलो जीवन चाहिन्छ (२)
ख्रीष्टको सँग-सँग जिउनलाई जयवन्त जीवन चाहिन्छ (२)
ख्रीष्टमा जिउन चाहनेहरूहो ! उनको इच्छालाई बुझिदेऊ
“प्रभु” केवल ओंठले होइन, हृदयले नै भनिदेऊ
Verse
केवल खोक्रो त्याग होइन, सिद्ध त्याग चाहिन्छ (२)
क्रूस उठाई हिँड्नलाई त्याग र बलिदान चाहिन्छ (२)
ख्रीष्टमा भरोसा गर्नेहरूहो ! उनको सामर्थ्यलाई बुझिदेऊ
केवल अस्थिर विश्वास होइन, दृढ विश्वास नै गरिदेऊ ।