KB · Hymns · #293
ख्रीष्ट हुन् जीवनका एक मात्र असल गोठाला
G2/2
Chorus
ख्रीष्ट हुन् जीवनका एक मात्र असल गोठाला
सहायक बन्छन् उनी सदा दुःख-सुखको बेला
Verse
क्लेश, संकटले घेर्छ तिमीलाई तर ख्रीष्ट तिम्रैनजीक हुन्छन्
आँधी-तूफान हटाउने प्रभु तिमीयाथ यात्रा गर्दैछन् ।
Verse
तर्दैगर्दा भवसागरलाई आँधी आउँछ, विश्वास हल्लाउँछ
डुब्नलाग्दा पुकार ख्रीष्टलाई, निश्चय तिमीलाई बचाउँछन् ।
Verse
सतावट बाधा ल्याई शैतानले हल्लाउँछ खूब जीवन जहाजलाई
साथमा ख्रीष्ट छन्, नडराऊ तिमी, सम्हाल्छन् उनले तिमीलाई ।
Verse
निराशा आउँछन् अनेक जीवनमा तर हरेस नखाऊ प्रभु भन्छन्
विजयको इनाम जीवनको मुकुट प्रभुले निश्चय दिनेछन् ।
Verse
येशू हाम्रा शक्तिशाली गढ़ सुरक्षित उनमा हामी हुन्छौँ,
शैतानका हमला विफल हुनेछन्, जयवन्त हामी बन्नेछौँ ।