KB · Hymns · #22
सुन स्वर्गदूतको गान
G4/4
Verse
सुन स्वर्गदूतको गान, होस् अवतारी ख्रीष्टको मान
पृथ्वीमाथि भो’ मिलाप, गरे माफ ईश्वरले पाप
सबै देशका लोग रमाऊ, दूतसँग-सँगै जयजय गाऊ
(सबैपट्टी होस् प्रचार, बेथलेहेममा ख्रीष्ट अवतार) (२)
Chorus
सुन स्वर्गदूतको गान, होस् अवतारी ख्रीष्टको मान
Verse
ख्रीष्ट सब स्वर्गले पुजेको, ख्रीष्ट प्रभु जो सधैँको
पूरो समय आयो जब कन्यादेखि जन्मे तब
ईश्वर जीउधारी भो’, धन्य अवतार ईश्वरको
(धन्य ख्रीष्ट गराउने मेल, धन्य ख्रीष्ट इम्मानुएल) (२)
Verse
धन्य कुशलको प्रधान, धर्मका सूर्यलाई प्रणाम्
ज्योति, जीवन जगत्लाई दिन हुनुभो’ उदय
छोड़ी आफ्नो परमलोक अवतार भई गरे काम
(मान्छे जात नमर्नलाई, जीवन नयाँ जन्म पाई) (२)