KB · Hymns · #221
अँध्यारो जगत्मा ज्योति फैलाई
C4/4
Chorus
अँध्यारो जगत्मा ज्योति फैलाई उज्ज्वल प्रभु येशू
Verse
तिमीले अधर्म पापलाई क्रूसमा मेटाइदियौ
क्रूसको दुःखलाई सहेर पापीलाई मुक्त गरायौ
गाइरहेछौँ तिम्रो सर्वगुणगान, सम्झिरहेछौँ याद मधुरो प्रेम ।
Verse
निराश जीवन लिएर बितिरहेथ्यौ त्यसै
शुष्क हृदयको तानमा जीवित आशा दिलायौ
गाइरहेछौँ तिम्रो सर्वगुणगान, सम्झिरहेछौँ याद मधुरो प्रेम
Verse
पापमय जीवनलाई त्यागेर आत्माको दीप जलाउँछौँ
स्वर्गीय आशिष्, लिएर स्तुति आराधना चढ़ाउँछौँ
गाइरहेछौँ तिम्रो सर्वगुणगान, सम्झिरहेछौँ याद मधुरो प्रेम