KB · Hymns · #792
म परमप्रभु हुँ, तिम्रो अघि अघि जाने छु
C4/4
Chorus
म परमप्रभु हुँ, तिम्रो अघि अघि जाने छु,
ए सानो बगाल नडराऊ है नडराऊ है
तिमीलाई राज्य दिने मेरो शुभेच्छा छ ।
Verse
मेरो उपस्थिति नै तिम्रोसाथ जानेछ ।
तिम्रो अघि अघि मेरो दूतले बाटो तयार पार्नेछ ।
Verse
हेरचाह तिम्रो गर्नेछु, म क्षण क्षण पानी हाल्ने छु ।
रात दिन देखरेख तिम्रो म गर्नेछु, फलवन्त म बनाउने छु ।
Verse
मेरो आज्ञा सुनेर, मानेर हिँड्यौ भने
निश्चय प्रतिज्ञा गरेको देशमा तिमीलाई पुर्याउनेछु ।
Verse
मृत्युको बल तिमीमा विजयी हुनेछैन
मृत्यु र पातलका साँचाहरू मेरा अधिकारमा छन् ।
Verse
म जीवित परमेश्वर हुँ, म कहिल्यै झूट बोल्दिनँ
आकाश र पृथ्वी टलेर जान्छ, वचन मेरो टल्नेछैन ।