KB · Hymns · #472
ख्रीष्टकहाँ आऊ साथी येशूकहाँ आऊ साथी
C4/4
Chorus
ख्रीष्टकहाँ आऊ, साथी, येशूकहाँ आऊ, साथी
जीवनको जल लिन, आफ्नो प्यास मेटिलिन (२)
Verse
जीवनको जल उनै हुन् युग-युग तृप्ति दिने (२)
उनलाई यदि पियौँ भने तिमी
कहिल्यै प्यासा बन्दैनौँ युगानुयुगसम्म नै ।
Verse
जीवनको बाटो उनै हुन् स्वर्ग राज्यमा पुर्याइदिने (२)
उनलाई यदि चुन्यौ भने पिताकहाँ निश्चय
पुग्ने छै युगानुयुग राज्य गर्नलाई ।
Verse
जीवनको रोटी उनै हुन् भोको मनलाई तृप्ति दिने (२)
उनलाई तिमीले खायौ भने तिमी कहिल्यै
भोको बन्दैनौ युगानुयुगसम्मलाई
Verse
एउटा मात्रै ढोका उनै हुन् स्वर्गराज्यमा प्रवेश गर्नलाई (२)
यही बाटो पस्यौ भने निश्चय तिमी स्वर्ग
पुग्नेछौँ असीम सुखको भागी हुनलाई ।
Verse
एउटा मात्र सत्य येशू हुन् सारा जगको उद्धार गर्नलाई (२)
यदि उनलाई अपनायौ भने अनन्त
दण्डबाट उम्कन्छौँ, उनीसँग सदा रहनेछौँ ।