KB · Hymns · #741
मुटुभरी विरह बोकी सुस्केरामा जीउनेहरू
Chorus
मुटुभरी विरह बोकी सुस्केरामा जीउनेहरू
खोला-नाला देउरालीमा सत्य खोजी हिड्नेहरू
हिमालको पवन सरी यो सन्देश
सुनी आज हृदयमा (बुझी देऊ है) (२)
Verse
डाँडाकाँडा सारा प्रकृति ईश्वरका हुन् ती सारा सृष्टि (२)
पूजौं बरू सट्टामा उनलाई जसले गरे सृजना हामीलाई (२)
Verse
साँचो शान्ति वैभवका राजा स्वर्ग छोडी आउने है येशू (२)
बलि भए कलवरी क्रूसैमा पापदेखि दिन है छुट्कारा (२)