KB · Hymns · #560
फर्केर नहेर संसारलाई जहाँ दुष्टता भरिएको छ
G6/8
Chorus
(फर्केर नहेर संसारलाई जहाँ दुष्टता भरिएको छ
शैतानको पासोमा परेर धेरै नै आत्मा मरेको छ) (२)
Verse
(छोएर नहेर संसारलाई त्यहाँ आगो र गन्धक छ) (२)
(बुझेर पनि नबुझ्नेलाई अनन्त मृत्युको सजाय छ) (२)
Verse
(चाखेर नहेर संसारलाई जहाँ पापको प्याला छ) (२)
(ख्रीष्टलाई चिनेर पनि छोड़्नेलाई आखिरमा दण्डको ज्वाला छ) (२)