KB · Hymns · #54
सुनिलेऊ मेरो भाइ हो
D2/2
Chorus
सुनिलेऊ मेरो भाइ हो, येशूजी मेरा दुनियाँमा आए
Verse
दुनियाँमा आए, मुक्ति लिई आए (२)
मानिसलाई आई बचाए, येशूजी मेरा दुनियाँमा आए ।
Verse
स्वर्गीय पिताका एक मात्र पुत्र (२)
मानिसका पुत्र भनिए, येशूजी मेरा दुनियाँमा आए ।
Verse
अन्धालाई आँखा, गूँगालाई बोली (२)
बहिरालाई शब्द सुनाए, येशूजी मेरा दुनियाँमा आए ।
Verse
कोरी, अर्धाङ्गी निको गराए (२)
मुर्दालाई बौराई उठाए, येशूजी मेरा दुनियाँमा आए ।
Verse
हामी सब पापमा डुबिरहेका थियौँ (२)
अद्भुत प्रेम देखाए, येशूजी मेरा दुनियाँमा आए ।
Verse
दुनियाँको कारण क्रूसैमा चढ़ी (२)
पवित्र रगत बहाए, येशूजी मेरा दुनियाँमा आए ।
Verse
ख्रीष्ट मरेपछि चिहानमा राखिए (२)
र तेस्रो दिनमा बौरी उठे, येशूजी मेरा दुनियाँमा आए ।