KB · Hymns · #818
खुशीको खबर छर्नलाई आउनुभो प्रभु येशू संसारमा
G4/4
Chorus
(खुशीको खबर छर्नलाई आउनुभो प्रभु येशू संसारमा) (२)
(सुन है साथी भाइ येशूको मिठो वचन) (२)
Verse
अन्धकार जीवन सधैं नै दुःखमा आँसुले भरेको
अन्धकार जीवन सधैं नै पिडामा कष्टले जलेको
स्वर्गको सुखलाई त्यागेर आउनुभो नयाँ जीवन दिनलाई
स्वर्गको सुखलाई त्यागेर आउनुभो हृदयको चोट मेट्नलाई
Verse
परमप्रभुको ज्ञानहरू असल छन् हृदयलाई शान्ति दिने
परमप्रभुको आशिष् अपार छन् जीवनलाई खुशी दिने
सृष्टिकर्ताको आज्ञा ऊ बोल्छन् आँखालाई प्रकाश दिने
सृष्टिकर्ताको आज्ञा ऊ बोल्छन् पापीलाई माफी दिने ।