KB · Hymns · #296
हे आह, आह लौ भेड़ा
G4/4
Chorus
हे आह, आह लौ भेड़ा फर्केर आऊ है गोठौमा
छैनन् अरू गोठाला, माया गर्ने गोठाला
Verse
आफ्नै बाटोमा लागेछौ, सांसारिक काँड़ामा अल्झेछौ
अँध्यारो हुन लाग्दैछ, लौ है तिम्रो स्वर सुनाउन ।
Verse
ज्यामीले हेरेको भान पार्छ, जोखिममा तिमीलाई छोड़्नेछ
डाकाहरू आउँदैछन्, झट्टै तिम्रो स्वर सुत्रँ पाऊँ ।
Verse
शत्रु खतम पारेको छु है मैले, भेड़ा हो
तिमीलाई खोज्दैछु, झट्टै तिम्रो स्वर सुत्रँ पाऊँ ।
Verse
तिमीलाई खोज्दा चोट लाग्यो, मेरो मरण पनि भो’
काललाई मिची जिउँदो छु, स्वर तिम्रो सुत्रँ चाहन्छु ।
Verse
म हुँ जाति गोठालो, नयाँ गर्ने गोठालो
नयाँ सृष्टिको हुँ जेठो येशू नाम हो मेरो ।